मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणका लागि स्वास्थ्य संस्था छनोट (सूचीसहित)

217

मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणका लागि ९९ वटा स्वास्थ्य संस्था छनोट भएका छन् । बिहीबार ९९ वटा स्वास्थ्य संस्थाको टुंगो लागेकाे हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मलेसियाबाट प्राप्त भएको मापदण्ड पूरा गर्ने ९९ स्वास्थ्य संस्था छनोट गरिएको जनाएको छ ।

मेलेसियासगँको श्रम सम्झौताको समयमा नेपाल सरकारले स्वास्थ्य परीक्षण गर्ने संस्थाको मापदण्ड पठाउनुपर्ने र सोही आधारमा संस्थाको छनौट हुने समझदारी गरेको थियो। यसअघि मलेसियाको बायोमेट्रिक स्वास्थ्य परीक्षणका लागि ३७ वटा स्वास्थ्य संस्थाको एकाधिकार रहेकामा श्रममन्त्री गोकर्ण विष्टले स्वास्थ्य परीक्षणमा सिण्डिकेट भएको भन्दै ती संस्थालाई कारबाही गर्न निर्देशन दिएका थिए ।

कात्तिकमा नेपाल र मलेसियाबीच भएको श्रम समझदारीमा मलेसियाले आफूले लैजाने कामदारका लागि स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाको मापदण्ड आफैं बनाउने उल्लेख भए अनुसार नयाँ मापदण्ड पठाएको थियो ।

नेपाल र मलेसियाबीच भएको श्रम समझदारीमा स्वास्थ्य परीक्षणलगायतका अरु सबै प्रक्रिया निःशुल्क हुने र त्यसको खर्च मलेसियाका रोजगारदाताले नै बेहोर्ने उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here