अफगानिस्तानमा कार बम विस्फोटमा १२ को मृत्यु

260

एजेन्सी  / अफगानिस्तानको पूर्वी क्षेत्रमा भएको विस्फोटनको घटनामा परी कम्तीमा १२ जना ज्यान गएको छ । कतारमा अफगानिस्तानको द्वन्द्व अन्त्य गर्ने बारेमा शान्तिवार्ता भइरहेका बेला अफगानिस्तानमा पछिल्लो समय धेरै विस्फोटनका घटना भइरहेका छन्।

आइतबार भएको विस्फोटन पनि त्यसैको श्रृङ्खला भएको र विस्फोटनमा परी अरु कैयौं घाइते भएको जनाइएको छ। गुप्तचरसम्वन्धी एक कार्यालय नजिकै विस्फोटन भएको हो। अमेरिकी सहजकर्ताको समन्वयमा अफगानिस्तानी प्रतिनिधि र तालिवान लडाकूको पक्षबीचमा दोहामा शान्तिवार्ता भइरहेको छ।

अफगानिस्तानमा १८ बर्षदेखि जारी द्वन्द्व समाधानका लागि अमेरिकाले प्रयास गरेपनि खासै उपलब्धि हुनभने सकेको छैन।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता वाहिडुल्लाह मायरले १२ जनाको मृत्यु भएको र १७९ घाइते भएको जानकारी दिनुभयो । घाइते मध्ये अधिकांश सर्वसाधारण र बालबालिका रहेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here