पत्रकारमाथि आक्रमण गर्नेलाई कडा कारबाही गर्न फोनिजको माग

220

 काठमाडौं / गोरखापत्र दैनिकमा कार्यरत तामाङ पत्रकार संघका पूर्वसचिव एवम् नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)का सदस्य शान्ति लामामाथि शनिबार बिहान समाचार संकलनको क्रममा एक समूहबाट भएको दुव्र्यवहार एवं आक्रमण प्रयासप्रति नेपाल आदिवासी जनजाति महासंघ फोनिजको गम्भीर ध्यानाकर्षण भएको सचिव मिलन लिम्बुद्धारा विज्ञप्तमिा जनाइएको छ ।

काठमाडौंको कीर्तिपुर नगरपालिका–५ स्थित भत्केकोपाटी जाखामा सार्वजनिक जग्गा अतिक्रमणसम्बन्धी स्थलगत रिपोर्टिङको क्रममा उहाँमाथि दुव्र्यवहार भएको हो । सार्वजनिक कुवा, गोरेटो बाटो र खानेपानीको लाइन मिचेर बनाइएको घरको केही भाग स्थानीयबासीको एक समूहले भत्काउँदै गरेको तस्बिर खिच्दै गर्दा पत्रकार लामामाथि दुव्र्यवहार भएको हो । तस्बिर खिच्न प्रयोग गरिएकोे मोबाइल जबर्जस्ती खोसि भौतिक आक्रमण गर्ने उद्देश्यले लछारपछार गरिएको थियो ।

निर्वाध रुपमा समाचार संकलन गर्न पाउने अधिकारलाई कुण्ठित गर्ने यसप्रकारको प्रेस स्वतन्त्राता विरोधी हर्कतको फोनिज घोर भ्रत्सना गर्दछ । फोनिज उक्त घटनामा संलग्नलाई तत्काल पहिचान गरी कानुनी कारबाही गर्न र स्वतन्त्र रुपमा बिनाअवरोध समाचार संकलन गर्न पाउने अधिकार सुनिश्चिततासहित पत्रकारका लागि सुरक्षाको प्रत्याभूति गर्न सरकारसँग माग गर्दछ ।

यसैगरी नेपाल पत्रकार महासंघ सिन्धुली शाखाका अध्यक्ष राजन कार्कीमाथि शनिबार राति स�