काठमाडौं / चन्द्रागिरी नगरपालिका-३ थानकोट सुनौलोबस्ती डेरा गरी बस्ने धादिङ धुनीबेसी नगरपालिका-९ घर भएका २४ वर्षीया उर्मिला तामाङ आफ्नै कोठामा आइतबार बिहान मृत अवस्थामा फेला परेकी छिन् ।
त्यसैगरी रामेछाप, लिखु तामाकोशी गाउँपालिका-१ दुरागाउँ बरडाँडा बस्ने ६५ वर्षीया सुन्तली सार्की सोही ठाउँस्थित भिरबाट खसेर मृत्यु भएको अवस्थामा आइतबार बिहान फेला परेकी छन् । साथैं झापा, दमक नगरपालिका-२ हुम्सेदुम्से सामुदायिक वनको जंगलमा इलाम चुलाचुली गाउँपालिका-५ बस्ने ५० वर्षीय अर्जुन राई आइतबार बिहान मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


















