काठमाडौं / मकवानपुरको हेटौंडा उपमहानगरपालिका-९ स्थित ईनभरो प्लास्टिक नेपाल प्रालिमा काम गर्ने चितवन कालिका नगरपालिका जुटपानी बस्ने ३६ वर्षीय पन्च कुमालको करेन्ट लागेर आइतबार बिहान मृत्यु भएको छ । वाईरिङ गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारको लागि हेटौंडा अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
साथै दाङको लमही नगरपालिका-७ सम्राटमा बा.२ क ५६३९ नम्बरको जेसिबिका सह-चालक प्युठान, प्युठान नगरपालिका-९ मरेङ बस्ने २७ वर्षीय खेतुलाल घर्ती मगरको करेन्ट लागेर आज दिउँसो मृत्यु भएजको छ । लमही नगरपालिका-७ स्थित सम्राट सिमेन्ट फ्याक्ट्री नजिक अर्जुन खोलामा खसेको रा. १ क १६६० नम्बरको ट्रिपरलाई उक्त जेसिबीले निकाल्ने क्रममा विद्युतको तार छुन गई करेन्ट लाग्दा उनको मृत्यु भएको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

















