दिवस मनाएर जातीय विभेद उन्मूलन होला त ?

199

—रिदेन महर्जन

आजको २१ औँ शताब्दीमा पनि नेपाल लगायत विश्वका धेरै जसो राष्ट्रहरुमा अझै पनि जातिय छुवाछुत कायम रहेको छ । जातीय छुवाछुत अन्त्य गरी सुन्दर र सभ्य मानव समाज निर्माण गर्नका लागि विश्वभर ५७ औँ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस मनाइयो ।  नेपालमा पनि विविध कार्यक्रमहरु आयोजना गरी मनाइएको छ । सन् १९६६ देखि हरेक वर्ष मार्च २१ तारिखका दिन मनाउन थालिएको भएता पनि चेतना तथा ज्ञानको कमीका कारण अभैm पनि विश्वभरमा जातीय विभेद उन्मूलनबाट मानव समाज मुक्त हुन सकेको छैन ।

विश्वभर अभैm पनि मानव समुदायबीच काला होस् या गोरा होस्, विभेद कायमै रहेको अवस्थामा नेपाल जस्तो अशिक्षित र विकासको सवालमा  बामेसर्दै गरेको देश कसरी जातीय छुवाछुत मुक्त भएको देशको रुपमा रहन सक्ला र ? छुवाछुतको विषय अहिले पनि गम्भीर विषय बनेको छ ।  सुविधायुक्त शहरमा केही मात्रामा जातीय विभेद अन्त्य भएता पनि नागरिकहरुका व्यवहारमा अन्त्य भएको पाइदैन । अझ देशका दूरदराजका विकट गाउँहरुका मानिसहरुमा चेतना तथा ज्ञानको अभावका कारण अभैm पनि सानो ठूलो जातको विभेद कायमै छ । सानो जात भएकै कारण अनाहकमा सानो जातले मृत्युवरण गर्नुपर्ने, हुँदै नभएको सानो जात भनेर विभेद गरिने कुप्रथाका कारण। पानी नचल्नेसम्मको व्यवहार देखिन्छ । मानिसलाई कुकुर भन्दा तल्लो स्थानमा राख्ने चलन धेरै पूरानो हो, यस्तो अझै पनि कायम रहनुको कारण के हो ? यो मानव समाजकै कमजोरीका कारणबाट सृजना भएको हो भन्ने स्पष्ट हुन्छ । जात भनेकै कारणले धारामा पानी समेत लिन नपाइनेसम्मका घटना भएका छन् ।

कुनै समय नेपाल भन्दा पनि पछाडि परेको कोरिया र चीन जस्ता देशहरु विकासको फड्को मारी सकेको अवस्थामा छन् ।  अभैm पनि नेपाल भने जातीय विभेद र अन्धविश्वासयुक्त समाजमै कायम छ । कोरिया र चीन संसारकै शक्तिशाली देश कहलिएका छन् । तर नेपाल भने जातीय विभेदले जरो गाडिएकै कारण अभैm पनि जीवनस्तर माथि उठ्न सकिरहेको छैन ।

यदि मानव समुदायले चाहने हो विभेदरहित सुन्दर र सभ्य समाज निर्माण गर्न सकिन्छ । जसका लागि मानवताले भरिएको सुन्दर  र सभ्य समाजको निर्माण गर्न विशेष जोड दिनुपर्ने हुन्छ । रंगभेद र जातिवादमा विश्वास नगर्ने, नैतिकता, अनुशासित बनाउन, मानवता बनाउन बाल्यकालदेखि बौद्ध शिक्षामा आधारित ‘परियति शिक्षा’ लाई कक्षा एकदेखि उच्च शिक्षासम्म अनिवार्य विषय बनाएर अध्यापन गराउन सकेको खण्डमा केही हदसम्म जातीय विभेदका अन्त्य गराउन सकिन्छ, यस विषयमा सरकारले विशेष चासो देखाउनु पर्ने हुन्छ ।  के जातीय विभेद उन्मूलन दिवस मनाएरै मात्रै जातीय विभेद उन्मूलन होला र ? यस विषयमा गम्भिर प्रश्न उठ्न थालेको छ । जबसम्म संसारका मानव समुदाय एकै हाँै भन्ने अवधारणाको विकास हुँदैन, तबसम्म कुनै हालतमा पनि जातीय छुवाछूतको भावनालाई  निमूर्ल पार्न सकिदैन ।

नेपालमा यो दिवस सन् १९७१ मा महासन्धिलाई केन्द्रित गरेर अनुमोदन गरिएको भएतापनि अभैmसम्म कागजमै मात्रै सीमित रहन पुगेको छ । अझै पनि हिन्दू धर्मको वर्ण व्यवस्था मनुस्मृति ग्रन्थको प्रभाव कायमै रहेको छ । हुँदै नभएको ब्राह्मण र दलित दुई खेमामा विभाजित छ । बुद्ध जन्मेको देशमा यस्तो अवस्था कहिलेसम्म हो ? बुद्ध स्वयम्ले भनेका थिए — ‘मानिस कर्मले बाह्मण हुन्छ, तर जातले होइन । तथापि समाजमा जातिय अहंकार कायमै छ ।  जातीय विभेद गर्नका लागि मानव स्वयम् व्यवहारिक रुपमा परिर्वतन हुनु पर्छ ।

हुनत यो दिवस मनाउन संसारभरबाट जातिय विभेद तथा रंगभेद निर्मूल पार्नका लागि संयक्त राष्ट्र सङ्घले सन् १९६५ मा जातीय विभेद उन्मूलन सम्बन्धी महासन्धि पारित गरी जाति तथा रङ्गभेद उन्मूलन दिवसको रुपमा मनाउने घोषणा गरेको भएता पनि अझै विश्व मानव जगत जातिय विभेदबाट मुक्त हुन सकेको छैन । वास्तवमा भन्नु पर्दा संसारमा नारी र

पुरुष  मात्र  जात रहेको छ । नेपालको कानुन अनुरुप कसैलाई पनि विभेद गर्न नपाइने स्पष्ट कानुनी व्यवस्था रहेको भए पनि कार्यान्वयनमा आउन सकिरहेको छैन । यो अवस्था कहिलेसम्म ?  जनधारणा साप्ताहिकबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here