सरकारले जाजरकोट भूकम्पमा घाइते भएकाहरूको नि:शुल्क उपचार गर्ने  

79

काठमाडौं ।  जाजरकोट भूकम्पमा परेर घाइते भएकाहरुको सरकारले नि:शुल्क उपचार गर्ने भएको छ। आइतबार बसेको मन्त्रिपरिषद्‌को बैठकले भूकम्पमा परेर घाइते भएकाहरुको उपचार नि:शुल्क गर्ने निर्णय गरेको हो।

त्यस्तै, भुकम्प गएका जिल्लाहरुमा राहत र पुनर्स्थापनाको कार्य पनि तीव्र रुपमा अघि वढाउने निर्णय गरेको स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बहादुर बस्नेतले जानकारी दिए।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसअघि नै भूकम्पका सबै घाइतेको नि:शुल्क उपचार गर्ने घोषणा गरेकोमा मन्त्रिपरिषद्‌ बैठकले त्यसबारे निर्णय गरेको जानकारी दिए।

उनले निजी अस्पतालहरुमा पनि निःशुल्क उपचार गराउने प्रस्ताव आफूले राखेको र मन्त्रिपरिषद्‌बाट स्वीकृत भएको  बताए।

भूकम्प पीडितहरुको उद्धारको काम लगभग सकिएको मन्त्रिपरिषद्‌को निष्कर्ष छ। अब घाइतेको उपचार, राहत र पुनर्स्थापनाको कामलाई तीव्रता दिइने सरकारले निष्कर्ष निकालेको छ। खाद्यान्न, त्रिपाल र टेन्टहरु प्रभावित क्षेत्रमा पठाउने र आइतबारबाछ खाद्यान्य पनि वितरण सुरु हुने मन्त्री बस्नेले जानकारी दिए।

विभिन्न देशहरुले भूकम्प पीडितहरुलाई सहयोग गर्न खोजेको भन्दै उनले सहयोग लिनेबारे सरकारले मापदण्ड बनाएर एककद्वारमा गरिने पनि बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here