प्रभु बैंकको इम्प्लोइ बैंकिङ योजना

246

काठमाडौं÷ प्रभु बैंकले संस्थागत ग्राहक तथा त्यस्ता संस्थाहरूमा कार्यरत कर्मचारीहरूलाई लक्षित गर्दै आकर्षक सेवा सुविधासहित प्रभु इम्प्लोइ बैकिङसम्बन्धी योजना सञ्चालनमा ल्याएको जनाएको छ ।

सो योजनाको प्रमुख लक्ष्य विभिन्न किसिमका फर्म, कम्पनी, संस्थान, कलकारखाना, स्कुल कलेज, सरकारी तथा गैरसरकारी संघसंस्थामा कार्यरत कर्मचारीहरूको तलब व्यवस्थापन बैकिङ प्रणालीअन्तर्गत व्यवस्थित गर्ने रहेको बैंकले जनाएको छ । यो योजनामा सहभागी हुन चाहने कम्तिमा पाँच वा सोभन्दा बढी कर्मचारी भएका कुनै पनि संस्थाका कर्मचारीले प्रभु बैंकको कुनै पनि शाखामा खाता खोल्नुपर्नेछ । त्यसरी खोलिएको कर्मचारीको खातामा सम्बन्धित संस्थाले उपलब्ध गराएको विवरणको आधारमा बैंकले तलब जम्मा गरिदिने व्यवस्था छ ।
योजनाअन्तर्गत संस्थाको प्रकृतिअनुसार सो संस्थामा कार्यरत कर्मचारीलाई बैंकबाट शून्य मौज्दातमा खाता खोली निःशुल्क रूपमा डेबिट कार्ड, क्रेडिट कार्ड, डिम्याट खाता, अन्तरशाखा कारोबार, ‘इन्टरनेट बैंकिङलगायतका बैंकिङ सुविधाहरू उपलब्ध हुनेछन् । यसैगरी मोबाइल बैंकिङ, लकर, ड्राङ्खटलगायतका सेवाहरूमा समेत भारी छुटको व्यवस्था गरिएको बैंकले जानकारी गराएको छ ।
योजनामा सहभागी कर्मचारीहरूले बैंकमार्फत जीवन बिमा गराउन चाहेमा बिमावापतको प्रिमियममा समेत छुट पाउनुको साथै घर तथा सवारी साधनजस्ता कुनै पनि उपभोग्य कर्जा लिन चाहेमा बैंकले विशेष प्रथमिकता दिई सहुलियत दरमा उपलब्ध गराउनेछ । यस योजनाअन्तर्गत खोलिएका खाताबाट सम्बन्धित कर्मचारीले तलबसम्बन्धी कारोबार मात्र नभई सम्पूर्ण बैकिङ कारोबार गर्न सक्ने बैंकले प्रेस विज्ञप्तिमार्फत जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here