नेपालको आधिकारिक वितरक ह्वाइट लोटस मोटर्सले ईट्रिस्ट ३५० को टेस्ट र्‍याली सम्पन्न

54

काठमाडौं । नेपाली सडकमा ‘ईट्रिस्ट ३५०’ बिजुली बाइकको राइड टेस्ट गरिएकाे छ । भारतीय ईभी ब्रान्ड पियोर ईभीका लागि नेपालको आधिकारिक वितरक ह्वाइट लोटस मोटर्सले ईट्रिस्ट ३५० को टेस्ट र्‍याली सम्पन्न गरेको हाे ।

याे र्‍याली ईट्रिस्ट ३५० बाइकको रेन्ज, मजुबुती र पावर दर्शाउनका लागि गरिएको कम्पनीले जनाएको छ । बिहीबार सम्पन्न भएको यो र्‍याली नक्साल शाेरुमबाट सुरु भई कल‌ंकी-नौबिसे हुँदै सूर्यचौरबाट पुनः शाेरुममा आएर सम्पन्न भएको थियो ।

उक्त अवधिमा यस ईभीले केही प्रतिशत ब्याट्री बाँकी हुँदा १२६.८ किलोमिटर अफरोड रेन्ज दिएको ह्वाइट लोटसले जनाएको छ । प्योर ईभीले यसमा ३.५ किलोवाट क्षमताको लिथियम आयन ब्याट्री प्याक र ३.० वीएलडीसी मोटर हब जडान गरेको छ, जसको अधिकतम पावर ४.० किलोवाट, टर्क ६० एनएम र टप स्पिड ८५ किलोमिटर रहने उल्लेख गरिएको छ ।

८४ भोल्टको चार्जरले छ घन्टामा फुल चार्ज गर्न सकिने यो मोटरसाइकलले १४० किलोमिटरसम्मको माइलेज दिने दाबी गरिएको छ । यो मोटरसाइकललाई ड्राइभ, क्रसओभर र थ्रील गरी ३ फरक मोडमा चलाउन सकिन्छ ।

१६ डिग्रीसम्मको उकालो चढ्नसक्ने यसको ग्राउन्ड क्लियरेन्स १९८ एमएम रहेको छ । नेपाली बजारमा ईट्रिस्ट ३५० को मूल्य तीन लाख ९९ हजार रुपैयाँ रहेको छ । अहिले खरिद गर्दा बाइकमा १५ हजारसम्म क्याशब्याक पाइने कम्पनीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here