काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले प्रतिनिधि सभाको शून्य समयमा मौनधारण गर्नुभएको छ । सांसदहरूले संसदमा उठाएका विषय सरकारले नसुनेको भन्दै त्यसको विरोधमा उहाँले त्यस समय मौनधारण गरेर व्यतित गर्नुभएको हो ।
उहाँले भन्नुभयो, ‘सम्माननीय सभामुख महोदय,… यो सरकारले हामी माननीयले बोलेको केही पनि नसुनेको भएर मैले यो शून्य समयमा मौन धारण गरेँ । धन्यवाद !’ प्रतिनिधि सभा नियमावलीअनुसार शून्य समयमा एक मिनेटको समय तोकिएको हुन्छ । त्यही समयमा बोल्न उभिनुभएका सांसद ढकालले भन्नुभयाे, ‘सम्माननीय सभामुख महोदय,…’भनेर मौन बस्नुभयो । र पछि ‘यो सरकारले हामी माननीयले बोलेको केही पनि नसुनेको भएर मैले यो शून्य समयमा मौनधारण गरेँ’ भनेर आफ्नो भनाई अन्त्य गर्नुभएको थियो ।












![प्रधानमन्त्री केपी शर्मा ओली सम्बोधन गर्दै । [LIVE]](https://swaviman.com/wp-content/uploads/2020/06/Kp-oli-1-218x150.jpg)





