काठमाडौ/ नेपालिहरुको महान चाड दशै, दिपावलि र छटको मुखैमा ओलि सरकारले सवारी साधनमा भाडादर वृद्धि गरेको विरोधमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले आज एक घन्टा चक्काजाम गरेको छ ।
नेपाल विद्यिार्थि सघको केन्द्रीय निर्देशनमा सवारी साधनमा भएको भाडादर वृद्धिको विरोधमा देशभरका क्याम्पसअगाडि नेविसंघले बिहान एक घण्टा चक्काजाम गरेको हो । यस्तै नेवि संघले भाडा वृद्धिको बिरुद्ध गर्दै आज आर आर क्याम्पस अगाडि पनि एक घन्टा चक्काजाम गरेको छ । बिहान ९ देखि १० बजेसम्म नेविसंघको चक्काजामका कारण राजधानीको सवारी प्रभावित भएको छ ।
मुल्यवृद्धिलाई तत्काल फिर्ता गरेर सरकार बिरुद्ध नेबि संघले आज आन्दोलन गर्दै नाराबाजी लगाइएको थियो । नेपाल विद्यार्थी संघ आर आर क्याम्पसको इकाई अध्यक्ष संजिव ढकालको नेतृत्वमा भएको चक्काजाममा आर आर क्याम्पस अगाडि एक घन्टा सम्म कुनैपनी गाडी चलेका थिएनन् ।


















