रजश्वलाको रगतले सुन्दर पेन्टिङ !

163

एकजना महिलाले रजश्वलाका क्रममा निस्किएको आफ्नै रगतबाट तयार पेन्टिङ गरेकी छिन् ।

आफ्ना रगतबाट उनले यस्तो तस्बिर तयार गरिन् कि त्यसले सबैलाई तीनछक बनाउँदछ । रोमानियाकी यी महिला पेशाले पेन्टर नै हुन् । उनले रजश्वलाको रगतबाट एक क्यानभासमा बच्चाको एउटा तस्बिर तयार पारेकी छिन् । दुनियाँलाई मातृत्वको अर्थ बुझाउनका लागि उनले यस्तो उपाय अपनाएकी हुन् ।

यसबारेमा कुरा गर्दै पाली भन्छिन्, ‘मेरो कला रगतमा होइन, रजश्वलाको महत्वमा केन्द्रित छ, जसले एक पुरुषलाई पिता बन्ने, महिलालाई आमा बन्ने तथा एक परिवारलाई वंश अघि बढाउने हक प्रदान गर्दछ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here