इनारभित्र पुरुषको शव फेल

42

जनकपुरधाम। धनुषाको मिथिला नगरपालिका ७ स्थित ढल्केवरको एक इनारभित्र पुरुषको शव फेला परेकाे छ ।

ढल्केवरको दक्षिणवारीचोक स्थित एभरेष्ट आयलको छेउमा रहेको इनारमा अन्दाजी ३५ वर्षीय पुरुषको शव भेटिएको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक सविन राईले जानकारी दिए।

प्रहरी निरीक्षक राईका अनुसार मृतकको पहिचान नखुलेको शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर लगिएको छ। शवको प्रकृति हेर्दा केहीदिन अघि इनारभित्र खसेको हुन सक्ने प्रहरीको आशंका छ।

आज बिहान स्थानीयले थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए । सशस्त्र प्रहरी पुगेर शव निकालेको छ। मृतक बाहिरका व्यक्ति रहेको स्थानीयले बताएका छन्।

इनार होचो रहेको कारण आफै अचानक खसेको वा कसैले कुनै घटना घटाएको विषयमा थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here