आगामी अभिवेशनबाट नेपालभाषालाई कामकाजि गरिने

55

काठमाडौं । । आगामी अभिवेशनबाट नेपालभाषालाई कामकाजि रूपमा लागू  गरिने भएको छ ।
बाग्मती प्रदेश मन्त्री रामकृष्ण चित्रकारले बाग्मती प्रदेश सरकारका मन्त्री परिषदबाट पारित गरि संसदबाट नीति तथा कार्यक्रमसमेत पारित गरिसकेको तथा बजेटमा समेत आएको जानकारी गराए ।

आगामी साउन महिनादेखि विधेयक संसदमा आउनुका साथै नेपालभाषा र तामाङ भाषालाई कामकाजि भाषाका रुपमा लागू गर्नका लागि नीति आउने भाषा विधेयक पनि पारित हुने, जसका लागि नीति आफैले चाहिने अनुसार भुमिका खेल्न बचन बद्ध जाहेरी गरेका छन् । नेवाः देय् दबू स्वनिगः विशेष प्रदेशका अध्यक्ष श्रीकृष्ण महर्जन, बरिष्ठ उपाध्यक्ष नवीन थेच्वमि, उपाध्यक्ष प्रा.डा. अमिता प्रधान तथा सचिवालय सदस्य अभिवक्ता नरेश श्रेष्ठले सामूहिक रुपमा भेटघाटका क्रममा मन्त्री चित्रकारले सो कुरा जानकारी गराएका हुन् ।

असार ७ गते बिहिवाः मन्त्री निवासमा पुगेर बाग्मती प्रदेशमा नेपालभाषा र तामाङ भाषालाई कामकाजि भाषा अनुसार लागू गर्नका लागि नीति भाषा ऐन पारित गर्नका लागि मन्त्रीका साथै सांसदहरुसित भेटघाट अभियानका क्रममा स्वनिगः विशेष प्रदेश समितिले प्रदेश मन्त्री चित्रकारलाई भेटघाट गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here