पञ्चकन्या समूहले ४३औं वार्षिकोत्सव मनायो

322

काठमाडौं÷ पञ्चकन्या समूहले यही भाद्र १५ मा ४३औं वार्षिकोत्सव मनाएको छ । कार्यक्रममा वर्षभरिमा बढी बिक्री गर्न सफल स्टिल, वायर्स, प्लास्टिक र एसएस बाटर ट्यांकका डिलरलाई विभिन्न उपहारबाट सम्मानित गरिएको थियो ।
सोही कार्यक्रममा २० वर्ष सेवा अवधि पूरा गर्ने कर्मचारीहरू पनि सम्मानित गरिएका थिए ।

सम्मानित हुने कर्मचारीमा विश्वजय पुडासैनी, दिनेशकुमार ढकाल, रशना शाक्य र अनिता माली तथा सर्वोत्कृष्ट कर्मचारीमा कृष्णकुमार प्रधान र उत्कृष्ट कर्मचारी अनिश शाक्य, पिताम्बर मिश्र, रामगोपाल सिजापति तथा सह्रानीय कार्य गर्ने कर्मचारीमा नामगेल तामाङ, महेश झा, धीरेन्द्रकुमार झा, श्याम दाहाल, अञ्जु महर्जन, सैलेश महर्जन र बिमल विष्ट रहेका छन् ।
उतm समूहले भूकम्पबाट सिन्धुपाल्चोकका क्षतिग्रस्त स्कुलका लागि स्टिलको पानी ट्यांकी सेभेन समिट वुमनकी शैली बस्नेतमार्फत् सहयोग उपलब्ध गराएको छ । कार्यक्रममा समूहका अध्यक्ष प्रेमबहादुर श्रेष्ठ, उपाध्यक्ष ध्रुवकुमार श्रेष्ठ, प्रबन्ध निर्देशक प्रदीपकुमार श्रेष्ठ, कार्यकारी निर्देशकद्वय उज्ज्वलकुमार श्रेष्ठ तथा उदीप श्रेष्ठले पञ्चकन्याले हालसम्म प्राप्त गरेका सफलता, भावी नीति तथा कार्यक्रम र नयाँ उत्पादन तथा उद्योग सञ्चालन गर्न आइपरेका कठिनाइबारेमा जानकारी गराउनु भएको थियो ।

सो अवसरमा कर्मचारीबीच भएको विभिन्न खेलकुद प्रतियोगितामा विजयी कर्मचारीलाई पदक तथा प्रमाणपत्र वितरण गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here