सुत्ने रोग लागेकी युवती

249

निद्रा हरेक मानवको जीवनयापनका लागि निकै नै महत्वपूर्ण आवश्यकता हो । आवश्यकता मात्रमा निद्रा पूरा नहुँदा मानिसमा विभिन्न किसिमका समस्याहरू देखपर्छन् । तर कहिलेकाहीं निद्रा नै मानिका लागि समस्या बनिदिन्छ । अष्ट्रेलियामा यस्तै एउटा घटना सार्वजनिक भएको छ ।
अष्ट्रेलियाकी जर्जिया नाम गरेकी युवती यस्तो समस्याबाट पिडित बनेकी छिन् । उनी एक पटकमा लगातार १० दिनसम्म सुतिरहन्छिन् । तर यसप्रति उनले आपूmलाई नियन्त्रणमा राख्न सक्दैनन् । उनको यस्तो समस्याका कारण उनले स्कुल छोड्नुपरेको छ भने परिवारसँगै पनि बस्न सक्दैनन् ।

१९ वर्षीया जर्जियालाई दुर्लभ किसिमको क्लेन लेविन सिंड्रोम नामक रोग लागेको छ, जसले गर्दा उनी लगातार सुतिरहन्छिन् । लाखौंमा एक जनालाई हुने यस्तो रोगका कारण बिरामीलाई कुनै कुनै बेलामा नीदको समस्या हुने र उनीहरू एक पटकमा १४ घण्टादेखि १० दिनसम्म पनि निदाउन सक्छन् । हालसम्म यस्तो रोगको कुनै उपचार पद्धति पत्ता लागेको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here