आत्महत्याका लागि पाँचतारे होटलको सबैभन्दा महँगो कोठा बुकिङ

205

सामान्यतया सँगै जिउने र सँगै मर्ने कहानीहरू चलचित्रमा मात्र देख्न सकिन्छ । तर एउटा वृद्ध जोडीले भने सँगै जिउने सँगै मर्ने कसम पूरा गरेका छन्, त्यो पनि पाँच तारे होटलको सबैभन्दा महँगो कोठा बुकिङ गरेर त्यसैमा उनीहरूले सँगै जीवन त्यागेका छन् ।
मिरर म्याग्जिनका अनुसार इंल्याण्डको वर्कशायरमा बस्दै आएका लोरेन ग्रान्ठ र डेविट ब्राउन ४० वर्ष देखिसँगै बस्दै आएका थिए । तर ५७ वर्षीया लोरेन ब्लड क्यान्सरबाट पीडित भएपछि उनको मृत्यु नजिकै आइरहेको थियो । उनीसँग जम्मा ६ महिना मात्र बाँकी थियो । तर उनका श्रीमान डेविडका लागि लोरेनको अभावमा एक्लै बस्न नसक्ने अवस्थामा थिए । त्यसैले दुवै जनाले एउटा निर्णय गरे । उनीहरू दुवै जनाले सँगै मृत्युवरण गर्ने निधो गरे तर उनीहरू आफ्नो मृत्युलाई शानदार बनाउन चाहन्थे । यसका लागि उनीहरूले एउटा पाँचतारे होटलको सबैभन्दा महँगो कोठा भाडामा लिएर आत्महत्या गरेका छन् । उनीहरूले आत्महत्या गर्नुपूर्व सोसाइड नोट समेत लेखेका थिए । ‘उक्त नोटमा लेखिएको थियो, हामी स्टाइलिस र शानदार मृत्युवरण गर्न चाहन्छाँै, त्यसैले पाँचतारे होटलको सबैभन्दा महँगो कोठा बुकिङ गरेर आत्महत्या गर्ने निणर्य ग¥याँै ।
डेविडले आफ्ना परिवारलाई चिठ्ठी लेखेर आपूm लोरेनबिना बाँच्न नसक्ने उल्लेख गरेका थिए । उनले लोरेनसँग पनि रोमियो र जुलेट जस्तै एक जनाको मृत्युपश्चात अर्काेलाई जीवनभर एक्लै बाँच नपरोस् भन्ने इच्छा व्यक्त गरेका थिए । घटनाको अध्ययन गरिरहेको प्रहरीले घटनको पुरै अवस्था हेर्दा र सुसाइड नोट पढ्दा यो घटना पूरै योजनाका साथ भएको जनाएका छन् । सुसाइड नोटमा उनीहरूले आफ्नो मृत्युपश्चात आपूmहरूलाई बचाउने प्रयास नगर्न पनि आग्रह गरिएको थियो । साथै उनीहरूले आपूm दुवैजनालाई एक अर्काबाट टाढा नबनाउन पनि आग्रह गरेका थिए ।
पोष्टमार्टम रिपोटका अनुसार उनीहरूको शरीरमा प्रिस्क्रिप्शन गोलीको मात्रा बढी पाइएको जनाइएको छ । उनीहरूले औषधीको सेवन गरेर आत्महत्या गरेको अनुमान गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here