श्रीमतीको वास्तविक अनुहार देखेपछि श्रीमानद्वारा मुद्दा दायर

211

अल्जेरियामा एक पुरुषले आफ्नी श्रीमतीको मेकअप विनाको अनुहार देखिपछि अदालतमा मुद्दा दायर गराएका छन् । उनले क्षतिपूर्ति माग गर्दै मुद्दा दायर गरेका हुन् । मेकअप नगरेको अवस्थामा आफ्नी श्रीमती अनौठो एलियनजस्तै देखिएको भन्दै मेकअप गरेर बिहेका बेला मेकअप गरेर आफूलाई फसाएको भन्दै मुद्दा दायर गरेका छन् ।

ती पुरुषले आपूmले डेट जाँदा र विवाह गर्दा श्रीमती सुन्दर देखिए पनि अनुहारमा मेकअप गरेका कारण आपूm भ्रममा परेको जनाएका छन् । ती व्यक्तिले अदालतमा गएर आफ्नो दलिल पेश गर्दै भनेका छन्, ‘मैले ती महिलाको रूप देखेर विवाह गरेको थिएँ तर मलाई के थाहा उनले अनुहारमा मेकअप गरेर सुन्दर देखिएकी छिन भन्ने ?’ ती व्यक्ति विवाहको अर्काे दिन सुतेर उठदा श्रीमतीको मेकअप उत्रिएको अवस्थामा देख्दा डराएका थिए । उनले आठलाख भन्दा बढी क्षतिपूर्ति माग गर्दै आपूmलाई उक्त महिलाले फसाएको आरोप लगाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here