नेपालले म्यानमारविरुद्ध बराबरी खेल्याे

44

काठमाडौ / दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को तयारीमा रहेको नेपाली यू–२३ टोलीले कतारको दोहामा म्यानमारविरुद्ध खेलेको मैत्रीपूर्ण खेलमा २–२ गोलको बराबरी खेलेकाे छ ।

नेपालका अनन्त तामाङ र रेजिन सुब्बाले समान एक–एक गोल गरे पनि म्यानमारका ल्विन मोइ औङले दुई गोल गरी बरम्बरा गरेका थिए । नेपालका लागि पहिलो गोल अन्तत तामाङले  खेलको दोस्रो मिनेटमै गोल गरेका थिए । कप्तान सुजल श्रेष्ठको कर्नरमा अनन्तले आकर्षक हेडमार्पmत गोल गर्नुभयो । तर, ४० औं मिनेटमा ल्विनले गोल फर्काएपछि पहिलो हाफमा नेपाल १–१ को बराबरी रोकियो। दोस्रो हाफमा नेपालले पुनः एक गोल थप्न सफल भयो ।  नवयुग श्रेष्ठको स्थानमा मैदान छिरेका रेजिन सुब्बाले ६० औं मिनेटमा गोल गर्दै नेपाललाई दोस्रो गोल गरे । तर उनको गोलको अग्रतालाई पनि म्यानमारले धेरै समय टिक्न दिएन। ६४ औं मिनेटमा ल्विनले फ्रिकिकमार्फत गोल गर्दै खेललाई पुनः बराबरीमा पुर्‍याए। नेपाल  सागको साविक विजेता भएकाले योपटक घरेलु मैदानमा लगातार दोस्रो जितको खोजिमा रहेको छ।

सन् २०१६ मा भारतमा भएको सागको १२ औं संस्करणको फाइनलमा आयोजक टोलीलाई हराउँदै नेपालले स्वर्ण पदक जितेको थियो। टोलीका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले सागमा ३ सिनियर खेलाडी राख्न पाउने प्रावधान अनुसार विक्रम लामा, सुजल श्रेष्ठ र नवयुगलाई टोलीमा समेटेका थिए।  सिनियर ५ खेलाडीमध्येबाट ३ खेलाडी सागका लागि पर्ने सम्भावना रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here