मरिससविरुद्धकाे मैत्रीपूर्ण खेलमा नेपाली टाेलीमा विमल घर्तिमगर र जगजित श्रेष्ठको पुनरागमन

73

काठमाडाैं । नेपालले मरिससविरूद्ध अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्ने राष्ट्रिय टिम घोषणा गरेको छ।

आगामी शनिबार र मंगलबार हुने दुई खेलका लागि नेपालले छुट्टा- छुट्टै टिम घोषणा गरेको हो। दशरथ रंगशालामा हुने खेलका लागि १२ खेलाडीले दुवै टिममा स्थान पाउँदा ११-११ खेलाडीले फरक फरक टिममा स्थान बनाएका छन्।

प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले बन्द प्रशिक्षणमा बोलाइएका ३४ जना खेलाडीलाई नै फरक फरक टिममा गरी स्थान दिएका हुन्।

टिममा विमल घर्तिमगर र जगजित श्रेष्ठले पुनरागमन गर्न सफल भएका छन्। जगजित ७ वर्ष र विमल ३ वर्षपछि राष्ट्रिय टिममा फर्किएका हुन्।

पहिलो खेलका लागि नेपाली टिम

किरणकुमार लिम्बु, दीप कार्की, टिकेन्द्र थापा, गौतम श्रेष्ठ, दिनेश राजवंशी, देवेन्द्र तामाङ, सुमन अर्याल, सुरज ज्यु ठकुरी, सुदीप गुरुङ, सुमन लामा, तेज तामाङ, विशाल राई, सुजल श्रेष्ठ, मनिष डाँगी, अन्जन विष्ट, आसिस लामा, दर्शन गुरुङ,  विमल घर्तिमगर, सुनील बल, नितिन थापा, आकाश बुढामगर, क्षितिज रत्न छोन्जु, जगजित श्रेष्ठ

दोस्रो खेलका लागि नेपाली टिम

किरणकुमार लिम्बु, विशाल श्रेष्ठ, सत्रुघन चौधरी, गौतम श्रेष्ठ, दिनेश राजवंशी, देवेन्द्र तामाङ, सुमन अर्याल, सुरज ज्यु ठकुरी, पुजन उपरकोटी, सुमन लामा, तेज तामाङ, नवीन गुरुङ, सुजल श्रेष्ठ, सुवास गुरुङ, अन्जन विष्ट, आसिस लामा, विमल घर्तिमगर, अनन्त तामाङ, आसिस राई, एरिक विष्ट, सुशील राई, प्रशान्त अवस्थी र सन्तोष तामाङ

गोलकिपर किरणसहित गौतम श्रेष्ठ, दिनेश राजवंशी, देवेन्द्र तामाङ, सुमन अर्याल, सुरज ज्यु ठकुरी, सुमन लामा, तेज तामाङ, सुजल श्रेष्ठ, अन्जन विष्ट, आसिस लामा र विमल घर्तिमगर गरी १२ खेलाडी दुवै टिममा परेका छन्।

गोलकिपरद्वय दीप कार्की र टिकेन्द्र थापा पहिलो खेलका लागि मात्र टिममा रहदा विशाल श्रेष्ठ र सत्रुघन चौधरी दोस्रो खेलका लागि टिममा समावेस छन्। ‍

दर्शन गुरुङ, सुदीप गुरुङ, विशाल राई र मनिष डाँगी पहिलो खेलको लागि टिममा परेका छन् भने पुजन उपरकोटी, नवीन गुरुङ, सुवास गुरूङ र अनन्त तामाङ दोस्रो खेलको लागि टिममा परेका छन्।

यस्तै सुनील बल, नितिन थापा, आकाश बुढामगर, क्षितिज रत्न छोन्जु र जगजित श्रेष्ठ पहिलो खेलको लागि मात्र टिममा छन्।

आसिस राई, एरिक विष्ट, सुशील राई, प्रशान्त अवस्थी र सन्तोष तामाङ दोस्रो खेलको लागि मात्र टिममा छन्।  खेलमा दर्शकलाई प्रवेश दिइने भएको छ। एन्फाका अनुसार रंगशालामा एक तिहाई दर्शकलाई मात्र प्रवेश दिइनेछ। दशरथ रंगशालाको क्षमता १५ हजारको हाराहारीमा भएकाले ५ हजार दर्शकलाई प्रवेश दिइने भएको हो।

सरकारले दर्शकलाई प्रवेश दिनका लागि अनुमति दिएको एन्फाको भनाइ छ। तर दर्शकले स्वास्थ्य मापदण्ड भने पालना गर्नु पर्नेछ। यसअघि सरकारले रंगशालामा खेल हेर्न जाने दर्शकले खोप कार्ड देखाउनु पर्ने नियम लागू गरेको थियो।

खेलका लागि भिआइपी प्यारापिटतर्फ १ हजार रुपैयाँ र साधारण प्यारापिटतर्फ ५ सय रुपैयाँ टिकट मूल्य तोकिएको छ। दुवै खेल दशरथ रंगशालामा अपरान्ह ४:४५ बजे सुरू हुनेछ। हाल फिफा वरीयाताको १६९ औं स्थानमा रहेको नेपालका लागि मरिसस नयाँ प्रतिद्वन्द्वी हो। फिफा वरीयताको १७२ औं स्थानमा रहेकाले मरिसस नेपालका लागि समान स्तरको प्रतिद्वन्द्वी हो। जसका कारण खेल प्रतिस्पर्धात्मक हुने विश्वास गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here