सावधान ! बढि मदिरा सेवनले कलेजोमा यस्तो समस्या हुन सक्छ

339

एजेन्सी / प्रायः मानिसहरु दुखः सुखःमा होस् रक्सी पिउने गर्दछ । यसले मानव शरीरमा एल्डिहाइड नामक रसायन उत्पादन गर्छ । जसले सुरुमा कलेजोमा संक्रमण गर्छ र कलेजो सुन्निन थाल्छ । लगातार मदिरा सेवन गरेमा बिस्तारै कलेजो कडा हुँदै जान्छ र अन्त्यमा पूरै बिग्रने अवस्था आउँछ । पछिल्लो समय कलेजोसम्बन्धी समस्या हुने मानिसको संख्या बढ्दो छ । जसको मुख्य कारण मदिराजन्य पदार्थ हो । रक्सीले कलेजो, मुटु, मस्तिष्क, आन्द्रा तथा खानेनली आदिलाई असर गर्छ । रक्सीले हाम्रो शरीरमा एल्डिहाइड नामक रसायन उत्पादन गर्छ । जसले सुरुमा कलेजोमा संक्रमण गर्छ र कलेजो सुन्निन थाल्छ ।

लगातार मदिरा सेवन गरेमा बिस्तारै कलेजो कडा हुँदै जान्छ र अन्त्यमा पूरै बिग्रने अवस्था आउँछ । लामो समयसम्म अल्कोहल सेवन गर्ने व्यक्तिमा कलेजोमा क्यान्सर हुने सम्भावना एकदमै धेरै हुन्छ । सुरुको अवस्थामा शल्यक्रियाबाट उपचार गर्न सकिन्छ । तर, गम्भीर रूपमा कलेजोमा क्यान्सर भएमा उपचार सम्भव हुँदैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here