२५ वर्षीया मिरा चौधरीको हत्या गरेको अभियोगमा देवर पक्राउ

49

नवलपरासी (पश्चिम) । रामग्राम नगरपालिका १० मंझरिया बस्ने २५ वर्षीया मिरा चौधरीको हत्या गरेको अभियोगमा उनकै देवर २७ वर्षीय चन्दन चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।

जग्गाको विषयलाई लिएर वादविवाद हुँदा चन्दनले मिराकाे हत्या गरेको प्रहरीले जनाएको छ । विवादका क्रममा मोटरसाइकलको शकरले प्रहार गर्दा गम्भीर घाइते भएकी भएकी चौधरीको उपचारका क्रममा मृत्यु भएको थियो ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले विज्ञप्तिमार्फत जानकारी गराएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here