क्रियाशिल दुई पत्रकार सम्मानित

37

धादिङ । प्रेस चौतारी नेपाल जिल्ला समिति धादिङले जिल्लाका दुई पत्रकारलाई पुरस्कृत गरेको छ ।

पत्रकार अर्जुन श्रेष्ठ प्रेस चौतारी क्रियाशिल पत्रकारिता पुरस्कार–२०७९ र राजाराम डंगोल प्रेस चौतारी क्रियाशिल पत्रकारिता पुरस्कार–२०८० बाट पुरस्कृत हुनुभएको हो ।

नागरिकको सूचनाको हक एवं अभिव्यक्ति स्वतन्त्रता रक्षाका लागि उल्लेखनीय योगदान पु¥याउदै आएको भन्दै क्रियाशिल पत्रकारिता पुरस्कार प्रदान गरिएको हो ।

श्रेष्ठ हाल नयाँ पत्रिका राष्ट्रिय दैनिकका जिल्ला संवाददाता, रेडियो धादिङका कार्यक्रम संयोजक र नेपालपथ डटकमका सम्पादक हुनुहुन्छ ।

त्यस्तै डंगोल रेडियो कृषिको कार्यक्रम संयोजक तथा टोलटोलको खबर डटकमको संचालक हुनुहुन्छ । पुरस्कृत हुनुभएका श्रेष्ठ र डंगोललाई नगदसहित सम्मान–पत्र र दोसल्ला ओडाएर सम्मान गरिएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here