जोशीले पढेरै विश्व कीर्तिमान राखे

280

काठमाडौं / बझाङका मुकेशराज जोशीले लगातार १२४ घण्टा ३० मिनेट पुस्तक पढेरै विश्व कीर्तिमान राखेका छन्। उनले गत असोज ५ गते बिहान ११ः४० बाट पढ्न सुरु गरेका मुकेशले असोज १० गते साँझ ४ बजेसम्म पढेर कीर्तिमान राख्न सफल भएका हुन्।

यसअघि सन् २००८ मा नेपालकै ललितपुरका दीपक शर्मा बजगाइँले १ सय १३ घण्टा पढेर विश्व कीर्तिमान राखेका थिए। यो रेकर्डलाई गत वर्ष मात्रै नाइजेरियाका नागरिकले १ सय २२ घण्टा पढेर उछिनेका थिए। यद्यपि उनको रेकर्ड गिनिज बुकको अफिसियल वेबसाइटमा अपडेट देखिँदैन।

नाइजेरियन नागरिकको रेकर्ड गिनिज बुकमा नआउँदै नेपाली युवा मुकेशले नयाँ रेकर्ड कायम गरेका हुन्।

अब, मुकेशको नाम गिनिज बुक अफ द वल्र्ड रेकर्डमा दर्ता गराई प्रमाणपत्र पाउन १२४ घण्टा ३० मिनेट पढेको भिडियो रेकर्ड फुटेज गिनिज बुकको लण्डनस्थित कार्यालयमा पठाउने तयारी भइरहेको नेपालन्युजसँग मुकेशले जनाए ।

‘सुरुमा १२५ घण्टाको रेकर्ड बनाउने भनेर पढ्न बसेपनि पछि विविध कारणाले ३० मिनेट कमको मात्र रेकर्ड कायम भयो, तर यो रेकर्ड नै गिनिज वल्र्ड रेकर्डको प्रमाणपत्रका लागि पर्याप्त हुन्छ,’ मुकेशले भने।

प्रमाणपत्र पाउने कुरामा मुकेश विश्वस्त भएपनि रेकर्ड गरिएको भिडियो प्रमाण लण्डनस्थित कार्यालयले हेरेपछि मात्र उनले कीर्तिमानी प्रमाणपत्र पाउने छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here