महिला विश्वकपमा अमेरिकी फुटबलर मोर्गन विवाद मुछिए

199

एजेन्सी / फिफा महिला विश्वकपमा सेलिब्रेसन गरेकै कारण अमेरिकी फुटबलर एलेक्स मोर्गन विवादमा मुछिएकी छिन् । इंग्ल्याण्डविरुद्ध गोल गरेपछि दर्शक तिर फर्किएर ‘चिया खाएको’ पोज दिएकी थिइन् । यस कारण उनको चर्को आलोचना भएको छ ।

उनले इंग्ल्याण्डका समर्थकलाई होच्चाएकी हुन् । अमेरिकाले इंग्ल्याण्डलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो । फुटबलर मोर्गन जारी विश्वकपको गोल्डेन बुटको रेसमा पनि रहेकी छिन् । उनले अहिलेसम्म ६ गोल गरेकी छिन् । समान ६ गोल गरेकी इंग्ल्याण्डकी खेलाडी एलेन ह्वाईट दोस्रो स्थानमा छिन् भने ५ गोलका साथ अमेरिकाकी मेगान रेपोनी तेस्रो स्थानमा छिन् ।

उनी महिला फुटबलरमा सबैभन्दा चर्चित स्टार खेलाडी पनि हुन् । समाजिक सञ्जालमा आउने तस्बिरहरु पटक पटक भाइरल हुने गरेका छन् । खेलका साथै ग्ल्यामर दुनियामा समेत सक्रिय मोर्गनका ट्वीटरमा मात्रै ३.७४ मिलियन फ्लोअर रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here