एञ्जिला तुम्बापोले युरोपमा व्यवसायिक फुटबल खेल्ने

41

काठमाडौं ।  नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा गोलकिपर एञ्जिला सुब्बा तुम्बापोले युरोपमा व्यवसायिक फुटबल खेल्ने भएकी छिन्।

एञ्जिलाले ग्रिसको वुमेन्स सुपर लिग क्लब निस एट्रोमिटोउसँग २०२४–०२५ को सिजनका लागि सम्झौता गरेको जनाएकी छिन् । उनले केही साता अघि नै सम्झौता भएको जानकारी दिइन् ।सम्झौता रकम भने गोप्य राखिएको छ ।

एञ्जिलाले युरोपियन क्लबबाट खेल्न पाउँदा खुसी लागेको बताएकी छिन् । ‘पहिलो पटक युरोपियन लिग खेल्न पाउँदा खुसी छु ’ एञ्जिलाले भनिन्, ‘हरेक खेलाडीको सपना युरोपमा खेल्ने हुन्छ । दुई वर्षदेख लगातार प्रयासमा थिए । अहिले त्यो पूरा हुने भएको छ । लिग खेल्ने उत्साहित छु ।’

विभागीय टोली एपिएफ क्लबमा आबद्ध एञ्जिला युरोपको लिग खेल्ने दोस्रो खेलाडी बनेकी छिन् ।  एञ्जिला अगाडि स्ट्राइकर सावित्रा भण्डारीले युरोपमा खेलेकी छन् ।

निस अट्रोमिटौ पछिल्लो सिजन २६ खेल खेल्दा ९ जित, ६ बराबर र ११ हारको नतिजासहित नवौं स्थानमा थियो ।

यसअघि एञ्जिलाले भारतको सेथु एफसीमा दुई र पाकिस्तानको मासा युनाइटेमा एक सिजन खेलेकी थिईन् । उनी दुवै टोलीको कप्तान थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here