जीवनलाई योगसँग जोडौं : सत्यमोहन जोशी

412

काठमाडौं / शताब्दी पुरुष सत्यमोहन जोशीले जीवनलाई योगसँग जोड्नुपर्ने जानकारी दिएका छन् । नेपाल प्रज्ञा–प्रतिष्ठानको दर्शनशास्त्र विभागद्वारा आज सोमबार आयोजित ‘योगदर्शन, जीवनशैली र स्वास्थ्य’ विषयक विचार गोष्ठीमा उनले योगका फाइदाबारे सुनाए ।

जोशीले योगलाई संस्कृतिसँग जोड्न पनि आग्रह गरे। उनले भने, ‘संस्कृतिबिनाको योग यथार्थमा खल्लो र अपुरो हुन्छ।’ प्रतिष्ठानका पूर्वकूलपति बैरागी काइँलाले, ‘योगले स्वस्थ जीवनका साथै जीवनलाई विभिन्न कोणबाट हेरिनुपर्छ भन्ने कुराको पनि ज्ञान दिन्छ।’

प्रतिष्ठानका सदस्य सचिव एवं दर्शनशास्त्र विभाग प्रमुख प्रा. जगतप्रसाद उपाध्यायले योगदर्शन नेपाली दर्शन भएको उल्लेख गर्दै मानिसको बदलिँदो जीवनशैलीका कारण पनि योगबारे प्रशस्त विचार–विमर्श गरिनुपर्नेमा जोड दिए। प्रतिष्ठानले ‘नेपाली दर्शन’ नामक ग्रन्थ प्रकाशन गर्न लागेको उपाध्यायले जानकारी दिए। योग तथा प्राकृतिक चिकित्सक डा. हरिप्रसाद पोखरेल ‘मानसाग्नि’ ले ‘योगदर्शन, जीवनशैली र स्वास्थ्य’ विषयक कार्यपत्र प्रस्तुत गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here