अवैध लागूऔषध सहित पक्राउ

117

सिराहा / गोलबजार नगरपालिका-५ बस्ने २५ वर्षीय बलिराम महतोलाई अवैध लागूऔषध ब्राउनसुगर ६ ग्राम ३ सय मिलिग्राम र नगद २२ हजार ८ सय १० रुपैयाँ सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सिराहा र ईलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरीले उनको घर खानतलासी गर्दा बिक्री वितरणको लागि लुकाईछिपाई राखिएको उक्त परिमाणको लागूऔषध फेला पारेको हो । यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here