हङकङलाई हराउँदै नेपाल यू–१९ एसिया कपमा

62

काठमाडौं / नेपालले पूर्वी क्षेत्र छनोटको फाइनलमा हङकङलाई हराउँदै यू–१९ एसिया कप खेल्ने भएको छ । हङकङलाई ६ विकेटको शानदार जित हात पार्दै नेपालले एसिया कपमा स्थान बनाउन सफल भयो ।

मलेसियाको किनरारा ओभलमा हङकङ दिएको मात्र ९६ रनको लक्ष्य नेपालले १६.१ ओभरमा ४ विकेट गुमाएर भेट्टायो ।नेपालको खेलका शुरु देखि राम्रो खेलको थियो ।  लञ्ज अघि ५ ओभरमा ४४ रन बनाएको नेपालले ५२ रन बनाउँदा ऋत गौतमलाई गुमायो । उनी १३ रनमा आउट भए । ३९ रनमा आउट हुनुअघि पवन शरार्फले खडकबहादुर बोहोरासँग २४ रनको साझेदारी गरे । बोहराले ८ रन बनाए भने  कप्तान रोहितकुमार पौडेल १२ रन जोडे । टस हारेर ब्याटिङको निम्तो पाएको हङकङले ४३।१ ओभरमा सबै विकेट गुमाएर ९५ रन बनायो । उसका आदित गोरवाराले २४ र काल्हन मार्कले १९ रन बनाउँदा अन्य ब्याट्सम्यान चल्न सकेनन् । उसलाई सस्तैमा समेट्ने क्रममा सागर ढकालले घातक बलिङ गरेका थिए । १० ओभर बलिङ गरेका उनले ५ मेडिन राख्दै १८ रन दिए र ५ विकेट लिए । कमल सिंह ऐरीले ३ विकेट लिएका छन् ।

नेपालले आगामी २८ अगष्टदेखि श्रीलंकामा हुने एसिया कपको संस्करणमा ८ देशले प्रतिस्पर्धा गर्ने भएको छ । प्रतियोगितामा आयोजक श्रीलंकासँगै अफगानिस्तान, बंगलादेश, भारत, पाकिस्तान, यूएई, कुवेतसँगै नेपाल रहनेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here