लौ सुरु भयो अब हिंसात्मक गतिविधि , वडा कार्यालयमा आगो लगाइयो

291

काठमाडौं / सरकारले राजनीतिक रुपमै प्रतिबन्ध लगाएर विप्लव नेतृत्वको नेता कार्यकर्ताहरुलाई धरपकड गर्ने र विभिन्न काल्पनिक मुद्दाहरु सृजना गरेर जेलमा राख्ने गतिविधिसंगै मुठभेडका बहानामा एकतर्फी गोली हानेर घाइते बनाउने र मार्नेसम्मका गतिविधिहरु बढाएसंगै प्रतिबन्धित पार्टीले पनि हिंसात्मक गतिविधिलाई नै प्राथमिकतामा राखेर आगजनी र तोडफोडका कामहरु सुरु गरेको पाइएको छ ।

एनसेल टावरहरुमा आगजनी गरेपछि सरकारले सो पार्टीलाई प्रतिबन्ध लगाएको हो । प्रतिबन्ध लगाएपछि सो पार्टीका पाँचसय भन्दा बढी नेता कार्यकर्ताहरु पक्राउ परिसकेका छन् भने पक्राउ पर्ने डरले सो पार्टी परित्याग गर्दै सत्तासीन नेकपामा प्रवेश गरेका समाचारहरु पनि बाहिर आइरहेका छन् । यसै परिप्रेक्षमा हालैमात्र सो पार्टीको भेरी–कर्णाली व्युरोको बैठक सम्पन्न भएको भनी प्रेस विज्ञप्ती जारी भएलगतै बर्दियाको गेरुवा गाँउपालिका वडानम्बर ६ को वडा कार्यालयमा गएराती आगजनी गराइएको छ ।

मनाउको प्रसेनीपुरमा अवस्थित वडाकार्यालयमा भएको आगजनीबाट कार्यालयका श्रेष्ता लगायत सम्पूर्ण महत्वपूर्ण कागजात र कम्पयुटर लगायतका सामानहरु जलेर नष्ट भएको वडा अध्यक्ष टेकबहादुर चौधरीले जनाएका छन् । कार्यालय वरपर विप्लव नेतृत्वको नेकपाको भेरी–कर्णाली व्युरो लेखिएको पर्चा भेटिएकाले आगजनी सो पार्टीले नै गरेको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुङ्गबाङ्गले जनाएका छन् ।

आगो लगाइएको ठाँउ निरिक्षण गर्ने क्रममा कार्यालयको छत खसेर ईलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक यमबहादुर मल्ल घाइते भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । घाइतेलाई उपचारका लागि नेपालगंज मेडिकल कलेज पठाईएको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here