कोरोना विरुद्ध लड्न भारतलाई टाटाको पाँच सय करोड सहयोग

135

एजेन्सी – कोरोना भाइरस (कोभिड–१९)विरुद्ध लड्नका लागि टाटा ट्रस्टले भारतलाई पाँच सय करोड भारु सहयोग गर्ने भएको छ । ट्रस्टका अध्यक्ष रतन टाटाले कोभिड-१९ विरुद्ध लड्नका लागि पाँच सय करोड भारु सहयोग गर्ने घोषणा गरेका हुन् ।

रतन टाटाका अनुसार, ‘कोभिड–१९ का कारण भारतलगायत विश्वको वर्तमान अवस्था चिन्ताजनक छ । यसविरुद्ध लड्न तत्काल आपतकालीन सहयोग आवश्यक छ । ट्रस्टले सबै समुदायको संरक्षणका लागि उक्त सहयोग रकम उपलब्ध गराउने बाचा दोहोर्‍याउन चाहन्छु ।’

उक्त सहयोग राशिबाट उपचारको क्रममा अग्रभागमा खटिने चिकित्सकहरुका लागि टेस्ट किट लगायत आवश्यक मेडिकल सामग्री खरिदमा खर्च गरिने ट्रस्टले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here