६ जना बालबालिकाको हत्या गरेको आरोपमा मृत्युदण्ड

191

एजेन्सी / चीनको लाओनिङ प्रान्तको एक अदालतले सडक पार गर्नेक्रममा जथाभावी गाडी चलाएर छ जना बालबालिकाको हत्या गरेको आरोपमा मृत्युदण्ड दिने फैसला गरेको छ । उक्त घटनामा अरु २० जना घाइते भएका थिए । हान जिहुवा नाम गरेका अभियुक्तले सेडान कार ६० जना केटाकेटीको भिडमा दौडाएका थिए । गत वर्ष नोभेम्बर २२ मा भएको उक्त घटनामा दुई शिक्षक पनि घाइते भएका थिए । फरार भएका गाडी चालकलाई प्रहरीले पक्राउ गरेको थियो । अदालतले आदेशमा हान जिहुवाले जानाजान बालबालिकामाथि गाडी दौडाएको भन्दै मृत्युदण्डको सजाय सुनाएको छ । अपराधको प्रकृति र सामाजिक असर दुवै पक्षलाई अध्ययन गरी मृत्युदण्ड दिइएको अदालतले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here