पुराना समितिहरु धमाधम प्रालिमा रुपान्तरण

243

-शरद रेग्मी
दाङ /  दाङ सहित देशभरिका पुराना समितिहरु नेपाल सरकारले सिण्डिकेट अन्त्य गर्ने निर्णय गरेसंगै कम्पनीमा रुपान्तरण भएका छन ।

यस अघि ब्यबसायिहरुको छाता सङगठन नेपाल यातायात राष्ट्रिय महासङघ अन्तर्गत सञ्चालनमा रहेका झण्डै एक सय २५ यातायात समितिहरु प्रलिमा रुपान्तरण भएको महासङघका सल्लाहकार सुरेश हमालले जानकारी दिनुभयो । हमालले भन्नुभयो ‘समितिहरु सरकारले गरेको निर्णय र महासङघ सङग गरिएको सम्झौता अनुसार कम्पनीमा रुपान्तरण भएका छन अब सरकारले हामि सङग गरेका सम्झौता हरु कार्यान्वयन हुन्छन कि नाई हेर्न बाँकी छ ‘ । उहाँका अनुसार शिर्ष नेताहरु , गृहमन्त्री र यातायात मन्त्री समेत समितिको नाममा रहेका अरबौका भौतिक सम्रचनाहरु रुपान्तरण भएका प्रालिको नाममा नामसारी गर्ने सम्झौता र आश्वासन समेत प्राप्त भएको छ ।

यता पश्चिम नेपालको पुरानो राप्ती अंचल सार्बजनिक यातायात ब्यबसायी समिति दाङ त्रिसिद्देश्वरि राप्ती यातायात सेवा प्राईभेट लिमिटेडका नममा रुपान्तरण भएको प्रसासनिक सचिब नारायण न्यौपानेले जानकारी दिनुभयो । २०४१ साल देखि सार्बजनिक यातायात सेवा प्रदान गरिरहेको राप्ती समिति प्रालिमा रुपान्तरण भैरहदा समेत सबैभन्दा धेरै ब्यबसायि रहेको शक्तिशाली र धनी कम्पनी भएको भन्दै अन्य प्रालिहरुबाट समेत गाडिहरु दर्ता हुनआउनेहरुको सङ्ख्यामा बृद्धि भएको ब्यबसायि प्रकाश भट्टले जानकारी दिनुभयो ।

सरकार र महासंघको सहमति अनुसार २०७६ साल देखि कम्पनि एनको दफा ९ उपदफा १ थप गरिएको उपदफा (क) बमोजिम रुपान्तरणभै २०७६ साल श्रावण १ गते देखि यथावत रुपमा प्रा।लीका नामबाट यातायात सेवासंचालन हुन लागेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here