मुख, ओठ र जिब्रोमा खटिरा आए के गर्ने ?

743

तपाईको मुखमा सा–साना बिबिरा, फोका–फोकी आएर हैरान हुनुभएको छ ?

मुखभित्र, जिब्रो, गिजा, ओठ लगायत मुखको कुना–कानी र कहिलेकाहीँ गालाको छेउसम्म पनि घाऊ खटिराको समस्या बढेर जटिल समस्या पनि आउन सक्छ ।

घाऊ ठूलो र गहिरो भएमा खान बोल्नै नहुने किसिमको पनि हुन सक्छ । यसले गर्दा लगातार दुख्ने, पोल्ने, ज्वरो आउने, घाँटीको ग्रन्थि सुन्निने, दुख्ने समस्या पनि निम्तिन सक्छ। त्यसैले मुखको घाऊ , खटिराबाट छुटकारा पाउन यी उपाय अपनाउन सकिन्छ :

–मनतातो पानीमा फिटकिरी मिसाएर दिनमा ३ पटक कुल्ला गर्ने

–पानी प्रशस्त पिउने तर बढी चिसो वा तातो नपिउने

–हरियो सागपात तथा फलफूलहरु मजाले चपाएर खाने

–बदाम भिजाएर खाने

–मह घाऊमा लपक्क लगाउने

–बढी चिल्लो नखाने

–हल्का उम्रेको गेडागुडी बिहान र बिहान खाने

–निमको पात चपाउने वा निम मिलाइएको मन्जनले दाँत माझ्ने जिरा वा खयर चपाउने यसरी पनि निको नभए चिकित्सकलाई देखाउने ।

–पानीमा तुलसीको पातको रस राखेर कुल्ला गर्ने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here