काठमाडौं / बुधबारको प्रतिनिधिसभा बैठकमा प्रतिपक्षी दलले अवरोध गरेका छन्। सभामुखले बैठक सुचारु हुन्छ भन्ने बित्तिकै प्रतिपक्ष नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टीको अवरोध बीच १० मिनेट चलेर बुधबारको प्रतिनिधिसभाको बैठक सकिएको छ ।
सभामुख महराले पटक–पटक आग्रह गर्दा पनि विपक्षी सांसद नबसेपछि प्रक्रिया अगाडि बढाएका थिए। राष्ट्रिय सभाबाट मंगलबार पारित अर्थ सम्बन्धी चार विधेयक सभामुख महराले प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीलाई जानकारी गराउन अनुरोध गरेका थिए। त्यस लगत्तै विपक्षीको नाराबाजीबीच योगीले विनियोजन विधेयक, आर्थिक विधेयक, राष्ट्र ऋण विधेय र ऋणा तथा जमानत ९तेइसौं संशोधन० विधेयक २०७६ बारे जानकारी दिएका हुन्। प्रतिनिधिसभा सचिव गोपालनाथ योगीले जानकारी गराएपछि बैठक असार ३० गते बस्ने गरी सकिएको हो ।