काठमाडौं / चीनको हर्बिन सिटीमा आगामी जुलाई २६ देखि २९ तारिखसम्म हुन लागेको ५३औं ‘एसियन बडीबिल्डिङ च्याम्पियनसिप’ प्रतियोगितामा नेपालका दुईजना खेलाडीले सहभागिता जनाउने भएका छन् ।
प्रतियोगितामा शारीरिक सुगठनका खेलाडीद्वय रामहरि खनाल र रामबहादुर दाहालले प्रतिस्पर्धा गर्ने जनाइएको छ । ५३औं च्याम्पियनसिप तथा वार्षिक कंग्रेसमा भाग लिन नेपालबाट दुई खेलाडी र तीनजना अफिसियल चीन जान लागेको नेप्लिज फेडेरेसन अफ बडीबिल्डिङ एन्ड फिटनेसले जनाएको छ ।


















