अर्जेन्टिनाका पूर्वराष्ट्रपति फर्नान्डो डे ला रुअको ८१ वर्षमा निधन

136

एजेन्सी अर्जेन्टिनाका पूर्वराष्ट्रपति फर्नान्डो डे ला रुअको मंगलबार मुटु तथा मृर्गौला रोगका कारण ८१ वर्षको उमेरमा निधन भएको छ।

स्वास्थ्य अवस्था नाजुक भएपछि उनलाई ब्यूनस आयर्सस्थित अस्पतालमा भर्ना गरिएको थियो। अर्जेन्टिनाका राष्ट्रपति मौरिसियो म्याक्रीले वरिष्ठ राजनीतिक फर्नान्डोको निधनप्रति दुःख व्यक्त गरेका छन्।

पूर्वराष्ट्रपति फर्नान्डोको तीन वर्षअघि सन् २०१६ मा शल्यक्रिया गरिएको थियो। गत वर्ष पनि मुटुमा समस्या भएपछि उनको एन्जियोप्लास्टी गरिएको थियो। पूर्वराष्ट्रपति फर्नान्डो सन् १९९९–२००१ सम्म अर्जेन्टिनाको राष्ट्रपति भएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here