टाउको दुखाईबाट मुक्त हुने उपाय

201

एजेन्सी / प्रायः व्यस्थ जीवनमा मानिसलाई अनेक तनाब, दिनभरको काम र थकानका कारण हाम्रो स्वास्थ्यमा विभिन्न किसिमका समस्याहरु देखा पर्दछन् । ती मध्य धेरैलाई सताउने समस्या भनेको टाउको दुखाई पनि एक हो । हामी मध्य धेरैलाई टाउको दुखने समस्याले बारम्बार सताइरहेको हुन्छ । टाउको दुखाई कम गर्नको लागि बजारमा पाइने विभिन्न किसिमका औषधीहरु प्रयोग गर्ने गछौं । तै पनि हामीले हाम्रो भान्सामा पाइने सामग्रीको प्रयोग गरी घरेलु तरीकाले पनि यसको उपचार गर्न सक्छौं । यस्ता सामग्रीको प्रयोग गरि हामीले सजिलै टाउको दुखाईबाट मुक्ति पाउन सक्छौं । ती उपायहरु यसप्रकार रहेको छ ।

  • टाउको दुखाइका लागि ल्वाङ र नुनको मिश्रण एकदमै फाइदाजनक हुने भएकोले ल्वाङको धुलो र नुनलाई दुधमा हालेर पिउने गर्नु भयो भने यसले केहि छिनमा नै तपाईको टाउको दुखाइ कम गर्छ ।
  • कागती र तातो पानीको सेवनले पनि टाउको दुखाई कम गर्न सकिन्छ । किनभने धेरैपटक पेटमा ग्याँस बनेका कारण पनि टाउको दुख्ने गर्दछ र कागती पानीले ग्याँसको समस्या हल गर्नुका साथै टाउकोको दुखाई पनि कम गर्दछ ।
  • चिया खाने बानी छ भने चियामा कागतीको दुई चार थोपा राखेर खान सक्नु हुन्छ जस्ले गर्दा तपाईको टाउको दुखाई कम हुन्छ ।
  • टाउको दुखाईमा अदुवा र तुलसीको प्रयोग एकदमै लाभदायक मानिन्छ । तपाईलाई टाउको दुखिरहेको छ भने तुलसीको पात र अदुवा पिनेर त्यसको लेप टाउकोमा लगाउन सक्नु हुन्छ । जसले गर्दा तपाईको टाउकोलाई दुखाईबाट राहत मिल्छ ।
  • घरमा ल्वाङको तेल छ भने ल्वाङको तेल लगाएर केहि समय टाउको मालिस गर्न सक्नुहुन्छ । यसो गर्दा टाउकोर्ले मसाज पाउछ र दुखाई पनि कम हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here