सर्वोच्च अदालतले विषादी परीक्षण नगरी भारतबाट तरकारी नभित्र्याउन आदेश दियो

84

काठमाडौं / विषादी परीक्षण नगरीकन भारतबाट तरकारी तथा फलफूल नभित्र्याउन सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । अधिवक्ता स्वागत नेपाल लगायतले दायर गरेको रिटमाथि सुनुवाई गर्दै न्यायाधीश डा. आनन्दमोहन भट्टराईको एकल इजलासले राजपत्रमा प्रकाशित सूचनालाई बदर गर्ने गरी मन्त्रिपरिषद्बाट भएको निर्णय तत्काल कार्यान्वयन नगर्न र नगराउन अन्तरिम आदेश दिएको हो ।

सर्वोच्चले सरकारी पक्षलाई आगामी असार ३० गते लिखित जवाफसहित छलफलका लागि उपस्थित हुन आदेश समेत दिएको अधिवक्ता नेपालले जानकारी दिएका छन् । गत असार ३ गते राजपत्रमा सूचना प्रकाशित गरी सरकारले विदेशबाट भित्रिने कृषिजन्य पदार्थमा अनिवार्य विषादी परीक्षण गर्ने व्यवस्था गरेको थियो । भारतीय पक्षबाट चर्को दबाब आएपछि गत बिहीवार बसेको मन्त्रिपरिषद बैठकले तयारी नपुगेको भन्दै विषादी परीक्षण नगरी तरकारी नभित्र्याउने निर्णय स्थगन गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here