अफ्रिकी कप अफ नेसन्स फुटबलको सेमिफाइनलमा नाइजेरिया र सेनेगल पुग्यो

150

एजेन्सी / अफ्रिकी कप अफ नेसन्स फुटबलको सेमिफाइनलमा नाइजेरिया पुग्न सफल भएको छ । सेनेगलले दक्षिण अफ्रिकालाई २-१ ले पराजित गरेर अन्तिम चारमा स्थानमा पुगेका छ ।

नाइजेरियाका लागि चुक्वुउजेले २७ र ट्रोस्ट इकोङले खेल सकिन एक मिनेट बाँकी छदा गोल गरेका थिए। त्यसअघि दक्षिण अफ्रिकाका लागि जुन्जुले ७१ मिनेटमा बराबरी गोल फर्काएका थिए। तर इकोङले एक खेल सकिन एक मिनेट बाँकी छदा गोल गर्दा दक्षिण अफ्रिका स्तब्ध बन्यो । अर्को क्वार्टरफाइनलमा सेनेगलले बेनिनलाई १-० ले हराएर अन्तिम चारमा स्थान पक्का गरिसकेको छ। अब क्वार्टरफाइनलमा आइभरी कोस्ट र अल्जेरिया तथा मदागसर र ट्युनिसियाबीच आज राति खेल हुन बाँकी रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here