कोरोनाले देश आक्रान्त भएको छ । विश्वका राजनेताहरु विश्वका प्रमुख राष्ट्रहरु र विश्वका सबै देशहरु प्राय कोरोनाबाट आफुलाई सुरक्षित राख्ने कसरी यो कोरोनाबाट बिग्रेको अर्थतन्त्र लाई सुचारु गर्ने भनेर आफ्नो देशको लागि रणनीति बनाउन तल्लीन छ्न् । हामीले पनि यो देश चाहे मध्यम वर्गीय हुन् निम्न मध्यम वर्गीय हुन चाहे गरिब जनतानै किन नहुन तिनिहरुको घरमा अभाव देखिन थाली सकेका छ्न् गरिब जनताहरु भोकभोकै पर्ने संभावना प्रचुर भएर गएको छ । लामो लकडाउन र अर्थतन्त्र फिरिज भएको बेलामा यो देशमा डर लाग्दो अर्थिक अब उन्नति कहानी लाग्दो रुपमा भोकमरी भैरहेको छ अनि देशमा अर्थतन्त्र डामाडोल भएर देश जरजर हुने अवस्थामा पुग्ने स्थिति आएको छ ।
रेमिटेन्स को कुनै सम्भावना छैन १४-२०% रेमिटेन्स घट्दैछ लकडाउन र विश्वको अर्थतन्त्रकारण रोजगारीका लागि विदेश गएका नेपालीहरु फर्केर नेपालै आउने सम्भावना सिर्जना हुने अवस्था आउदैछ पढ्न गएकाहरु फिस तिर्न नसकेर नेपाल फर्कनु पर्ने अवस्था आउदैछ यो देश भित्र रोजगारी छैन तर नेताहरु यो देशमा सत्तामा बसेका दलहरु र सत्तामा बसेका नेताहरु कुर्सी तानातानमा बेस्थ छन यी निकम्म नेताहरु तपाई अहिले यिनिहरुलाई हेर्दै हुनु हुन्छ भने यी नेताहरु प्रती तपाईलाई कस्तो अनुभुती भैरहेको छ आफै बुझ्नु होस । आफ्नो पार्टीको यत्नो बहुमत हुदा पनि केही गर्न नसकेर अध्यादेश ल्याएर अर्काको पार्टी फुटाउने मात्र है सरकार परिवर्तन गर्ने र अध्यक्ष को बन्ने प्रधानमन्त्री को बन्ने मन्त्री को बन्ने भनेर लुछातानी चलिरहेको छ ।
अर्थतन्त्र कसरी सुधार गर्न सकिन्छ आउने दिनमा देश जनताको हितमा प्रयोग गर्न सकिन्छ कसरी अर्थतन्त्रलाई माथि उठाउने भनेर छलफल गर्नु पर्ने रातदिन वैचारिक बहसहरु हुनुपर्ने अवस्थामा यी नेता भनौंदा हरु सत्ता परिवर्तनको खेलमा लागि रहेकाछ्न जनताको र देशको भबिस्य प्रती कुनै लगाब छैन । यी दलका नेताहरु आफ्नो पार्टी सरकारमा हुदा केही गर्ने हुन अहिले सम्म के गरेका छ्न् हामी सबैले देखि रहेका छौ । जनताहरु सबै एक ठाउँमा जम्मा भएर बुलन्द आवाज भएर सत्ता बाट यिनिहरुलाई हटाउने गरि मात्र है कहिले पनि सत्तामा नआउने गरि आन्दोलन गर्नु पर्ने अवस्था आएको छ ।
गरिब जनताहरु भोकभोकै बसिरहेका छ्न लकडाउनको पालना गरि रहेकाछ्न नेताहरु सत्ताको खेलमा लडिरहेकाछ्न संसारका अरु देअहहरु अर्थतन्त्र लाई कसरी उकास्ने भनेर सोची रहेकाछ्न छलफल गरि रहेका छन पक्ष प्रतिपक्ष मिलेर छलफल गर्नु पर्ने बेलामा दलफुटाउने सरकार परिवर्तनका निम्ति आन्दोलन गर्ने आफ्नै दलको सरकार गिराउन रातदिन चलखेल गरि गरेका छ्न अर्को पार्टीका संसद अपहरण गरि रहेकाछ्न । सबैको मिलोमतोमा देश माथि लात हानिरहेकाछ्न आफ्ना आफ्न्त नातागोता लाई पदमा पुर्याउने योजना बनाउने र देश लुट्नाको निम्ति सत्तामा पुगिरहेकाछ्न् ।
यी नेताहरुको भर परेर देश छोड्ने हो भने यी नेताहरुले एक दिन हाम्रो स्वतन्त्रता र अस्तित्व नै मेटाउन समय लगाउने वाला छैन्न । नेताहरुलाई देशको चिन्ता छैन यिनिहरुलाई वास्ता छैन । यस्ता नेताहरू बाट के विश्वास गर्ने के भिजन छ के मिसन छ के योजना छ यिनिहरु संग यिनिहरु सत्ता र शक्तिको मोह बाहेक अरु केही छैन यदि सच्चा नएता हुन भने सबैलाई जम्मा गरेर अबको अर्थतन्त्र कसरी उकास्ने भनेर छलफल गर्नु पर्ने जनतालाई ढाटी रहेका छ्न हलिरहेकाछ्न यसरी नै पाच वर्ष काट्नेवाला छ्न् ।
अब जनताको एक बुलन्द आवाज हुनु पर्छ युवाहरु एक जुट भएर देश र जनताको निम्ति नेताहरुलाई पाठसिकाउनु पर्ने बेला भएको छ यसको निम्ति सबै एक पटक एकजुट भएर प्रयास गरौ ।


















