अवैध लागूऔषध गाँजाको धुलो सहित पक्राउ

541

धादिङ / गजुरी गाउँपालिका-२ डुडेढाँटीबाट बेनिघाट रोराङ गाउँपालिका-१ थामभन्ज्याङ बस्ने ४१ वर्षीय वीरबहादुर तामाङलाई अवैध लागूऔषध गाँजाको धुलो करिब २ सय २५ केजी सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
लागूऔषध गाँजा ल्याउँदै छ भन्ने बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय गजुरी र प्रहरी चौकी मलेखुबाट खटिएको प्रहरीले उक्त लागूऔषध सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here