एजेन्सी / भारतमा कर्मचारीहरु भ्रष्ट हुँदा जनतामा घुस नलिइ कामै नगर्ने छाप परेको छ। भारतको तेलङ्गाना राज्यस्थित रंगारेड्डी जिल्लाम एकजना तहसिलदार ४ लाख घुससहित पक्राउ परेपछि भ्रष्टाचारको डर लाग्दो तथ्य बाहिरिएको हो ।
भ्रष्टाचार नियन्त्रण ब्यूरो (एसीबी) ले छापा मार्ने क्रममा घरबाट ९३ लाख भारतीय रुपैयाँ र लाखौँका गहना बरामद गरेको हो । एसीबीले यस कारबाही क्रममा तहसिलदार वी लावण्यालाई चार लाख रुपैयाँ घुससहित समातेको थियो। एसीबीले बुधवार राति केशमपेट मण्डलका तहसिलदार वी लावण्याको घर र कार्यालयमा छापा हानेको थियो। बरामद भएको नोट गन्न मेसिन मगाइएको थियो।
उजुरीकर्ता ममीदिपल्ली भास्करले तहसिलदारले पछिल्लो दिन उनको गाउँमा चिसो पेयको दोकान खोल्न अनुमतिका लागि ८ लाख घुस मागेका थिए। यिनमा ५ लाख तहसिलदार र ३ लाख भिलेलेज रेभिन्यू अफिसरलाई दिइएको थियो। त्यसपछि उजुरीकर्ताले एसीबीको सहयोग लिएर घुसकाण्डको पर्दाफास गराएका हुन्। एसीबीले घुसका लागि दिइएको ४ लाख रुपैयाँ पनि तहसिलदारको घरबाट बरामद गरेको छ।

















