काठमाडौँ– मिस टीन भारत प्रतियोगिताको उपाधि नेपाली चेली निकिता थापामगरले जितेकी छिन्। भारतका ३० प्रान्तबाट सहभागी बनेका सबैलाई उछिनेर झापाको मेचीनगर नगरपालिका ५ नकलबन्दाकी १७ वर्षीया थापा विजेता बनेकी हुन्।
यही असार २० गते शुक्रबार भारतको राजधानी दिल्लीमा आयोजना भएको मिस टीन भारत की उपाधि विजेता निकिताले उपाधिसँगै १ लाख भारु नगद पुरस्कार जितेकी छन्।

















