निर्मलाकी आमालाई नगरपालिकाले दियो जागिर

361

काठमाडौं– बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तकी आमा दुर्गादेवीले नगरपालिकामा जागिर पाएकी छन् ।

दैनिक घर व्यवहार चलाउन कठिन भएको भन्दै दुर्गादेवीले नगरपालिकामा निवेदन दिएपछि भिमदत्त नगरपालिकाले जागिर दिएको हो ।

नगर प्रमुख प्रमुख सुरेन्द्र विष्टका अनुसार दुर्गादेवीले आफ्नो जिविका चलाउन गाह्रो भएको भन्दै निवेदन दिएको र नगरको निर्णय अनुसार दैनिक हाजिरीमा उनलाई जागिर दिइएको छ ।

श्रीमानले कान्छी ल्याएर हेलाँ गरेको र छोरीको समेत हत्या भएकाले मानवीय आधारमा दुर्गादेवीलाई व्यवसाय गर्न आग्रह गरिएको तर उनले तत्काल गर्ने अवस्था नरहेको जनाएपछि अहिलेका लागि जागिर प्रदान गरिएको नगर प्रमुखक विष्टले जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here