अफ्रिका कप अफ द नेसन्स फुटबलमा ट्युनिसिया बिरुद्ध सेनेगल सेमिफाइनल खेल्ने

268

काठमाडौं / अफ्रिका कप अफ द नेसन्स फुटबलको सेमिफाइनलमा समीकरण पूरा भएको छ ।
बिहीबार राति ट्युनिसियाले माडागास्करलाई ३–० गोल अन्तरले पराजित गरेसँगै सेमिफाइनल समीकरण पूरा भएको हो ।
अब सेमिफाइनलका लागि ट्युनिसियाले सेनेगलसँग प्रतिस्पर्धा गर्दा अर्को सेमिफाइनलमा नाइजेरियाले अल्जेरियासँग प्रतिस्पर्धा गर्नेछ । माडागास्करलाई पराजित गर्ने क्रममा ट्युनिसियाले खेलको दोस्रो हाफमा तीनै गोल गरेको थियो । खेलको ५२औं, ६० औं र खेलको अतिरिक्त समयमा गोल गर्दै ट्युनिसियाले माडागास्करलाई ३–० गोलअन्तरले पराजित गरेको हो ।

यता, सेनेगलले भने बेनिनलाई १–० गोलले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो । नाइजेरियाले दक्षिण अफ्रिकालाई २–१ गोलअन्तरले पराजित गर्दा अल्जेरियाले आईभेरीकोष्टलाई पेनाल्टीमा हराउँदै सेमिफाइनलको यात्रा तय गरेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here