काठमाडौं / देशभर बिहीबारदेखि अविरल वर्षा भइरहेको कारण पहाडी र हिमाली क्षेत्रमा बाढीऔपहिरो गइरहेको छ। तराई क्षेत्र डुबानमा परेको सूचना आइरहेका छन्।
काठमाडौं उपत्यका लगायत मुलुकका विभिन्न क्षेत्रमा १७ जनाको मृत्यु भइसकेको छ भने बेपत्ता हुनेको संख्या १६ पुगेको छ। १३ जना घाइते भएका गृहमन्त्रालयले जानकारी दिएको छ। बेपत्ताहरूको खोजी जारी रहेको छ। घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। बाढी, डुबान र पहिरो पीडितको उद्दार कार्य जारी रहेको प्रधानमन्त्री केपी शर्मा ओलीले जानकारी दिएका छन्।
सुरक्षाकर्मी र विभिन्न मन्त्रालय मातहतका निकाय उद्दारमा खटिएका उनले सामाजिक सञ्जाल ट्विटरबाट जानकारी दिएका छन्। मनसुन सुरु भइसकेकाले वर्षा तत्काल रोकिने लक्षण रहेको छैन। खोला नाला नजिक बस्नेलाई सचेत रहन पनि सरकारले आग्रह गरेको छ। त्यस्तै, गृह मन्त्रालय मातहतको राष्ट्रिय आपतकालीन कार्यसंचालन केन्द्रले सतर्कता अपनाउन आह्वान गरेको छ।

















