काठमाडौ / लगातार वर्षाको कारण राजधानीको कंलकीस्थित खोला छेउको क्षेत्र डुबानमा परेको छ। कंलकीस्थित खसी बजार, मालपोत कार्यालय, ट्राफिक कार्यालय, प्रहरी कार्यालय तथा आसपासका घरहरु भयानक रुपमा डुबानमा परेका हुन्।
डुबान परेसँगै त्यहाँको जनजीवन कष्टकर बनेको छ । घरभित्रै पानी पसेपछि मानिसहरु सुरक्षित स्थानतर्फ सरेका छन्। कोही भने घरकै माथिल्लो तलातिर रहेका छन्। यस्तै पानी परिरहे काठमाडौंका अन्य स्थानमा पनि डुबानमा पर्ने देखिएको छ।
















