चार लाख घुससहित सुर्खेतका डिएफओ पक्राउ

147

काठमाडौं– जिल्ला वन कार्यालय सुर्खेतका प्रमुख (डीएफओ) चार लाख घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतबाट खटिएको टोलीले डीएफओ भक्तबहादुर लामालाई उनकै कार्यकक्षबाट घुससहित नियन्त्रणमा लिएको हो ।

काठको छुटपूर्जीको म्याद थप गराइदिने भन्दै सेवाग्राहीबाट घुस लिने क्रममा डीएफओ लामालाई नियन्त्रणमा लिइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतका प्रबक्ता मेघनाथ सापकोटाले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here