महासचिवमा प्रतिनिधिसभाका सचिव डा. भरतराज गौतम नियुक्त

363
काठमाडौं – संघीय संसद सचिवालयको महासचिवमा प्रतिनिधिसभाका सचिव डा. भरतराज गौतम नियुक्त भएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्षको संयुक्त सिफारिसमा डा. गौतमलाई प्रतिनिधिसभाको महासचिवमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

लामाचौर ५ कास्की जिल्ला निवासी डा गौतमलाई नेपालको संविधानको धारा १०६ उपधारा(१) बमोजिम राष्ट्रपति भण्डारीले महासचिवमा नियुक्त गरेकी हुन् । राष्ट्रपतिले संसदको महासचिव नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

तत्कालीन महासचिव मनोहरप्रसाद भट्टराईले कार्यकाल पूरा गरेर निवृत्त भएपछि कार्यवाहकको रूपमा गोपालनाथ योगीले काम गरिरहेका थिए ।

संसद सचिवालयमा ४ जना सचिवहरु रहेका छन् । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभामा गोपालनाथ योगी र भरतराज गौतम तथा राष्ट्रियसभामा राजेन्द्र फुयाँल र ध्रुवप्रसाद घिमिरे छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here